Kathmandu Press

दसैंमा चिकित्सककाे सुझाव : ‘मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खानुहोस्’

दसैंमा चिकित्सककाे सुझाव : ‘मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खानुहोस्’
Hardik ivf

काठमाडाैं : दसैँ पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन्। उनीहरुले मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खान सुझाव दिएका हुन। रातो मासुको प्रयोग भने सकभर नगर्न उनीहरुले बताएका छन।
 
कान्तिपुर हेल्थले आज यहाँ आयोजना गरेको ‘चाडपर्वको खाना र स्वास्थ्य’ विषयक चिकित्सक पत्रकार अन्तक्र्रिया कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा गुरुशरण साहले रातो मासु प्रयोग नगर्न आग्रह गरे।
 
पोलेको मासुले आन्द्रा, आमाशय, प्रोष्टेटको क्यान्सरको जोखिम बढी हुने डा साहको भनाइ छ। दसैँमा मासु पोल्ने, बार्बेक्यू गर्ने र खाने प्रचलनले गर्दा क्यान्सरको जोखिम बढी भएको उनी बताउछन। उनले भने, 'मासुलाई उच्च तापक्रममा पोल्दा नराम्रो पदार्थ उत्पन्न हुन्छ, जसले क्यान्सर बनाउन मद्दत गर्छ।' सबै खालका मासु तीन सय डिग्री फरेनहाइट तापक्रममा पोल्दै गर्दा दुई खालका केमिकल निस्कने उनी बताउँछन।

उनले सेतो मासु, माछा पनि पोलेर नखान सुझाव दिए। भरतपुर सामुदायिक अस्पतालका वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरिले चाडपर्वमा बढी खाने हुँदा पाचन प्रक्रियामा समस्या आउने, स्मरणशक्ति कम हुने, मधुमेहको समस्या बढ्ने र उच्च रक्तचापको समस्या देखिन सक्ने बताए। यससँगै तयारी खाना, तारेका खान खाँदा शरीरलाई हानी पुग्ने उनी बताउछन। मासु बोसो नभएको सन्तुलित प्रयोग गर्न सुझाव दिँदै उनलेभने, 'सागपात, सलाद, बोक्रा भएको फलफूल थोरै खाने तर बारम्बार खाने गर्नुपर्छ।'

डा अग्रहरिले भने, 'बढी मासु प्रयोग गर्दा मुटुमा हर्मनको गडबड हुन्छ । जसले मुटुको चाल र चाप बढाउँछ।' धेरै मासु खाएकै कारण दीर्घकालीन रोग बढाउन सक्नेतर्फ उनले सचेत गराए। मधुमेहका बिरामीलाई कोलस्टोर बढ्न सक्ने भएकाले मासु कम खान सुझाव दिए। मासुले मोटोपन, तौल बढाउने बताउँदै उनले भने, 'एकै पटक धेरै र अस्वस्थकर खाना खानु निकै हानिकारक हो।'
 
उनले भने, 'यो बेला धेरै फाइबर, फलफूल, सागपातको मात्रा बढाउनुपर्छ।' उनले भने, 'चाडपर्वमा थोरै खाने, सन्तुलित खाने र बारम्बार खाने गर्दा पेटलाई पचाउन सजिलो हुन्छ।' एकै पटक धेरै मासु तयार गरेर फ्रिजमा राखेर लामो समयसम्म खानु हानिकारक भएको भन्दै उनले त्यस्तो मासु खादै नखान सुझाव दिए।

प्रकाशित मिति: १९:३४ बजे, शुक्रबार, असोज १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्