Kathmandu Press

‘देशको परिवर्तनमा साङ्गीतिक क्षेत्रको महत्वपूर्ण योगदान’ : मन्त्री गहतराज

‘देशको परिवर्तनमा साङ्गीतिक क्षेत्रको महत्वपूर्ण योगदान’ : मन्त्री गहतराज

काठमाडाैं : युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले देशको परिवर्तनमा साङ्गीतिक क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन।

सङ्गीतकार सङ्घ नेपालले विजया दशमीको उपलक्ष्यमा आज यहाँ आयोजना गरेको ‘श्रष्टा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम’ उनले खेलाडी र कलाकारले नै देशलाई चिनाउने भएपनि उनीहरुको उचित सम्मान गर्न नसकिएको बताए। सर्जकले सिर्जना गर्ने भएकाले उनीहरुको दक्षता र सोही क्षेत्रको विज्ञताको आधारमा सम्मान हुनुपर्ने मन्त्री गहतराजको भनाइ थियो।  

Hardik ivf

कार्यक्रममा मन्त्री गहतराजले वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा, गीतकार किरण खरेल, गायक भक्तराज आचार्य, लोकगायक कुमार बस्नेत र सङ्गीतकार शम्भुजित बाँस्कोटा, गुरूश्री सङ्गीत सम्मान चन्दन श्रेष्ठ र शिवबहुदर सुनाम स्मृति नाग रत्न सङ्गीत पुरस्कार २०७९ सङ्गीतकार अमुल कार्कीलाई प्रदान गरियो। उनीहरुलाई दोसल्ला र रू २५ हजारसहित सम्मान गरिएको हो ।

सो अवसरमा गीतकार डा भोला रिजाल, सङ्गीतकार भुपेन्द्र रायमाझी, निर्देशक युवराज लामा, गीतकार प्रमोद ढुङ्गाना, गायक तथा निर्देशक नारायण रायमाझी, देउडा गयाक नन्दकृष्ण जोशी, नृत्य निर्देशक कमल राईलगायत सम्मानित भए। कार्यक्रममा सङ्गीतकार बाँस्कोटाले सङ्गीत बोर्डको आवश्यकता औल्याए। 'स्रष्टाको सम्मान र अधिकारको लागि यो सङ्घको स्थापना गरिएको हो। चलचित्र विकास बोर्ड झैँ सङ्गीत बोर्ड भएमा हामीले पाउने अधिकारलाई नीतिगतरुपमा अगाडि बढाउन सक्छौं,' उनले भने।

सङ्घका अध्यक्ष चेतन सापकोटाले गीतकार, गायन समाज, उत्पादक सङ्घ, रोयल्टी सङ्कलन समाजसँग सहकार्य गरेर अगाडि बढ्ने बताए। 'बौद्धिक सम्पत्तिको मौलिक हक संरक्षण र सम्मानजनक सहभागिताका लागि नीतिगतरुपमै अगाडि बढ्ने छौँ। अब हामी झक्झकाउने गरी आवाज उठाउने छौँ,' अध्यक्ष सापकोटाले भने।

प्रकाशित मिति: १९:२० बजे, शुक्रबार, असोज १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्