Kathmandu Press

नोएडाको कल सेन्टरमा आगलागी

नोएडाको कल सेन्टरमा आगलागी

नोएडा : भारतको उत्तर प्रदेशको नोएडाको सेक्टर ३ मा रहेको कल सेन्टरमा शुक्रबार आगलागी भएको छ। सो अगलागीमा  फसेका पाँच जनाको सकुशल उद्धार गरिएको छ।

प्रमुख अग्नि नियन्त्रकका अनुसार नोएडाको एक भवनमा बिहान ७.४५ बजे आगलागी भएको थियो र समयमै घटनास्थलमा पुगेका थुप्रै दमकलहरूले फसेका मानिसहरूलाई उद्धार गर्न सफल भएका थिए।

Hardik ivf

कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील कुमार सिंहले आगलागीमा परेका करिब पाँच जनालाई पछि सकुशल उद्धार गरिएको र सो क्षेत्रलाई  तुरुन्तै धुवामुक्त गरिएको थियो जसबाट सम्भावित  ठुलो क्षति भने हुन पाएन।  

आगलागीको कारण भने खुल्न सकेको छैन।

प्रकाशित मिति: १८:५१ बजे, शुक्रबार, असोज १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्