Kathmandu Press

झापामा ग्यास चुहिएर आगलागी हुँदा १७ लाखको क्षति

झापामा ग्यास चुहिएर आगलागी हुँदा १७ लाखको क्षति

झापा : मेचीनगर नगरपालिका–६ स्थित विजय राजवंशीको घरमा आज आगलागी हुँदा रु १७ लाखको क्षति भएको छ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले खाना पकाउने एलपी ग्यास चुहिएर आगलागी हुँदा दसैँको मुखमा पीडित परिवार बिचल्लीमा परेको बताए। आगलागीमा एक तलामा भएको चारकोठे पक्की घरभित्रका सबै सरसामान जलेर नष्ट भएका छन्।

Hardik ivf

आगो निभाउन खोज्दा घरधनी राजवंशी घाइते भएका छन। आगलागी भएको घरको भुइँतलामा पसल थियो भने घरभित्र रहेको मोटरसाइकल, फ्रिज, लत्ताकपडा, फर्निचर, भाँडावर्तन र खाद्यान्न डढेर नष्ट भएको प्रनाउ महतोले जानकारी दिए।

मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले आगो निभाएका कारण थप क्षति हुन पाएन। घटना लगत्तै मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती र वडाध्यक्ष ललित तामाङ आगलागीस्थल पुगेर पीडित परिवारलाई राहतको आश्वासन दिएको उपप्रमुखका स्वकीय सचिव लक्ष्मी उप्रेतीले जानकारी दिए।

प्रकाशित मिति: १८:११ बजे, शुक्रबार, असोज १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्