Kathmandu Press

३२औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयाे

दिवसका अवसरमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो।
३२औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयाे

काठमाडाैं, असाेज १४ : ज्येष्ठ नागरिक उत्थानशीलता बदलिँदो विश्वसका लागि अपरिहार्यर्ता भन्ने नाराका साथ नेपालमा विभिन्न कार्यक्रम गरी ३२औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ।

दिवसका अवसरमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो।कार्यक्रममा सहभागीहरुले ज्येष्ठ नागरिकका लागि गुणस्तरीय जीवनयापनको व्यवस्था राज्यले गर्नुपर्नेमा जोड दिएका थिए।

सन् १९९१ देखि अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिएको हो। ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमापहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाइन्छ।

प्रकाशित मिति: १७:३६ बजे, शुक्रबार, असोज १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्