Kathmandu Press

थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

देशभर गरिएको ९ सय ४१ पिसिआर परिक्षणका क्रममा ३० जना र १ हजार ५ सय ९४ एन्टीजेन परिक्षणका क्रममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
थप ६३ जनामा कोरोना संक्रमण पुष्टि
Hardik ivf

काठमाडाैं, असाेज १४ : नेपालमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ९ सय ४१ पिसिआर परिक्षणका क्रममा ३० जना र १ हजार ५ सय ९४ एन्टीजेन परिक्षणका क्रममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण शुक्रबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप १ सय ३ जना निको भएका छन्। हाल नेपालमा १ हजार ४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:०३ बजे, शुक्रबार, असोज १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्