Kathmandu Press

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

नागार्जुन नगरपालिका–६ घट्टेकुलो चोकनजिक बागमती प्रदेश ०२–०२८ प ८८२१ नंको मोटरसाइकलको ठक्करबाट नागार्जुनको उमागाउँ बस्ने ४० वर्षीय कृष्ण गिरीको मृत्यु भएको हो।
मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडाैं, असाेज १४ : काठमाडौंको नागार्जुनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

नागार्जुन नगरपालिका–६ घट्टेकुलो चोकनजिक बागमती प्रदेश ०२–०२८ प ८८२१ नंको मोटरसाइकलको ठक्करबाट नागार्जुनको उमागाउँ बस्ने ४० वर्षीय कृष्ण गिरीको मृत्यु भएको हो।

Hardik ivf

बिहीबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा आज बिहान मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक भने हाल फरार रहेका छन्। मोटरसाइकलको पछाडि बसेका एकजना घाइतेको भने अहिले सोही अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ। 

प्रकाशित मिति: १४:२४ बजे, शुक्रबार, असोज १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्