Kathmandu Press

पाकिस्तानी प्रधानमन्त्रीद्वारा चीनको प्रशंसा

पाकिस्तानी प्रधानमन्त्री सरिफले हालै पाकिस्तानमा आएको बाढी पहिरो र यसका कारण भएको जनधनको क्षतिमा चीनले सहयोग गरेको बताउँदै चीनको प्रसंशा गरेका हुन्।
पाकिस्तानी प्रधानमन्त्रीद्वारा चीनको प्रशंसा

इस्लामाबाद, असाेज १४ : पाकिस्तानका प्रधानमन्त्री साहबाज सरिफले चीन र यहाँको नेतृत्वको प्रशंसा गरेका छन्।

पाकिस्तानी प्रधानमन्त्री सरिफले हालै पाकिस्तानमा आएको बाढी पहिरो र यसका कारण भएको जनधनको क्षतिमा चीनले सहयोग गरेको बताउँदै चीनको प्रसंशा गरेका हुन्।

Hardik ivf

इस्लामाबादमा पाकिस्तानका लागि चीनले आज आयोजना गरेको सहयोग हस्तान्तरण कार्यक्रममाा बोल्दै प्रधानमन्त्री सरिफले पाकिस्तानमा आएको बाढी र पहिराले पुर्‍याएको क्षतिपछि समयमै चीनले खाद्यान्न लगायतका सामग्री सहयोग गरेर पाकिस्तानी जनतालाई सान्त्वना प्रदान गरेको बताए।

पाकिस्तानमा बाढीबाट दशौँ हजार नागरिक घरबारबिहीन भएका र उनीहरुलाई खाना र बस्नको समस्या भएका बेला चीनले ठुलो सहायता प्रदान गरेको प्रधानमन्त्री सरिफले बताए।

शुक्रबार बिहान इस्लामावादस्थित पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयमा आयोजना भएको सो कार्यक्रममा चीन सरकारले पाकिस्तानलाई ६ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग हस्तान्तरण गरेको थियो।

पाकिस्तानका बाढी पीडितका लागि चीनले अघिल्लो महिनादेखि नै खाद्यान्न, औषधि एवं अन्य सहयोगहरु उपलब्ध गराउँदै आएको छ। यस वर्षको मनसुनी वर्षाका कारण पाकिस्तानमा बाढी र पहिरोले ठूलो जनधनको क्षति गराएको छ।

यसवर्षको सो मनसुनी वर्षाबाट यहाँ एक हजार पाँच सयभन्दा बढीको ज्यान गएको छ भने यहाँका भौतिक लगायतका संरचनाहरुमा क्षति पुगेको छ। 

प्रकाशित मिति: १३:१२ बजे, शुक्रबार, असोज १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्