Kathmandu Press

सोमालियामा अल सेबाबका चालिस आतङ्ककारी मारिए

सोमालियामा अल सेबाबका चालिस आतङ्ककारी मारिए

सोमालिया, असोज १४ : सोमालियामा यहाँको सेनाले गरेको कारबाहीका क्रममा यहाँका अल सेबाब आतङ्ककारी सङ्गठनका ४० जना आतंककारीको मृत्यु भएको जनाएको छ। सोमालियाली सेनाले सो कुराको जानकारी दिएको हो। बिहीबार यहाँको मध्य क्षेत्रीय हिरान क्षेत्रमा गरेको कारबाहीका क्रममा ती लडाकाहरु मारिएका बताइएको हो ।

सोमाली सेनाका कमाण्डरले सोमालियाली समाचार समितिलाई बिहीबार दिएको जानकारीअनुसार यहाँको राष्ट्रिय सेनाले मध्य सोमालियाको हिरान सहरमा गरेको कारबाहीका क्रममा ४० जना लडाका मारिएका र अरु केही घाइते भएका जनाएका छन् ।

सो कारबाहीका क्रममा अल सेबाब समूहका एकजना कमाण्डर पनि मारिएका बताइएको छ । त्यसक्रममा अल सेबाब आतङ्ककारी सङ्गठनका कैयौँ हातहतियार पनि कब्जा गरिएको बताइएको छ ।

कारबाहीका क्रममा यहाँको सेनाका कमाण्डर पनि मारिएका छन्। उनलाई अल सेबाब संगठनका आतङ्ककारीले गोली हानेका थिए । हिरान क्षेत्रमा अल सेबाबका लडाकाहरुले विगत लामो समयदेखि आतङ्क मच्चाइरहेका र सोही सूचनाका आधारमा उनीहरुमाथि यहाँको सेनाले कारबाही थालेको बताइएको छ।

प्रकाशित मिति: १२:३३ बजे, शुक्रबार, असोज १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्