Kathmandu Press

बिहानैदेखि गण्डकी र वाग्मती प्रदेशमा वर्षा

हाल मधेस प्रदेश र वाग्मती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
बिहानैदेखि गण्डकी र वाग्मती प्रदेशमा वर्षा
Hardik ivf

काठमाडौं, असोज १४ : देशका विभिन्न भागमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी र वाग्मती प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । 

हाल मधेस प्रदेश र वाग्मती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा  रहने विभागको भनाइ छ ।
 
प्रकाशित मिति: ०७:२८ बजे, शुक्रबार, असोज १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्