Kathmandu Press

राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिने 

उच्च पदस्थदेखि सर्वसाधारण व्यक्तिलाई राष्ट्रपति भण्डारीले बडा दसैंको टीका लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको हो ।
राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिने 

काठमाडौं, असोज १३ : राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने भएकी छन् ।

उच्च पदस्थदेखि सर्वसाधारण व्यक्तिलाई राष्ट्रपति भण्डारीले बडा दसैंको टीका लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको हो ।

Hardik ivf

उनका अनुसार विजया दशमीका दिन १९ असोजमा दिउँसो २ देखि अपरान्ह ३ बजेसम्म उच्च पदस्थ व्यक्तिहरुलाई र सोही दिन अपरान्ह ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई बडा दसैंको टीका लगाइदिने कार्यक्रम तय गरिएको छ ।  

टीका ग्रहण गर्ने जानेलाई मर्यादित पोशाक लगाउनुपर्ने र राष्ट्रपति कार्यालयको प्रवेशद्वार नम्बर १ बाट प्रवेश गर्न भनिएको छ । 

प्रकाशित मिति: १८:२३ बजे, बिहीबार, असोज १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्