Kathmandu Press

पर्यटकको मागअनुसार हेली एभरेष्टले थप्यो अर्को हेलिकोप्टर

पर्यटकको मागअनुसार हेली एभरेष्टले थप्यो अर्को हेलिकोप्टर
Hardik ivf

काठमाडौं, असोज १३ : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रणमा आएसँगै आन्तरिक र बाह्य पर्यटकको मागअनुसार हेली एभरेष्ट कम्पनीले एक हेलिकोप्टर थप गरेको छ। 

सिलिङ, साइट सिइङ, रेस्क्यु, फिल्मिङ, माउन्टेन फ्लाइटलगायत सेवा थप विस्तारका लागि एक हेलिकोप्टर खरिद गरिएको हेली एभरेष्ट कम्पनीका बजार प्रमुख सीताराम सापकोटाले जानकारी दिए। 

उनका अनुसार अहिले खरिद गरिएको हेलिकोप्टरसँगै अब कम्पनीसँग हेलिकोप्टर सङ्ख्या तीन पुगेको छ । आन्तरिक र बाह्य पर्यटकको मागअनुसार हेली एभरेष्ट कम्पनीले सिम्रिक एयरको एउटा एयरबसको बी–थ्रीइ सिरिज हेलिकोप्टर खरिद गरेको बताइएको छ ।
 
कोरोना सङ्क्रमण सहज भएसँगै स्वदेशी तथा विदेशी पर्यटकको धार्मिक तथा पर्यटकीय गन्तव्यमा आउजाउ गर्ने क्रम वृद्धि भएको र हेलिकोप्टरको माग बढेकाले कम्पनीले हेलिकोप्टर सङ्ख्या थप गरेको कम्पनीले जनाएको छ। 

प्रकाशित मिति: १६:४५ बजे, बिहीबार, असोज १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्