Kathmandu Press

जुत्ता एक्सचेञ्ज मेला : पुराना ब्राण्डका जुत्तासँग नयाँ जुत्ता साट्नेको भीड

जुत्ता एक्सचेञ्ज मेला : पुराना ब्राण्डका जुत्तासँग नयाँ जुत्ता साट्नेको भीड

काठमाडौं, असोज १३ : दशैं नजिकिदै जाँदा काठमाडौंको पुतली सडकस्थित पद्मोदय मोडमा रहेका जुत्ता शोरुममा जारी ‘दशैं तिहार अफर तथा जुत्ता एक्स्चेन्ज मेला’ ग्राहकहरुको पहिलो रोजाई बनेको छ । 

काठमाडौं पुतलीसडकबाट प्रदर्शनीमार्गतिर मोडिने वित्तिकैको पद्मोदय मोड ट्राफिक विटसँगै नेपालका प्रख्यात ब्राण्डका जुत्ताहरुको दशैं एक्सचेञ्ज मेलामा जुनसुकै ब्राण्डका पुराना जुत्ता ल्याएर नयाँ जुत्ता साट्न पाइनुका साथै प्रत्येक पुरानो जुत्ताको ५ सय रुपैया मुल्यांकन गरेर त्यसमा अझ २५ प्रतिशत छुटसहित नयाँ जुत्ता दिइने आकर्षक अफर रहेको आयोजकले जानकारी दिएका छन्।

नेपाली उपभोक्तालाई नयाँ नयाँ जुत्ता लगाउन प्रेरित गर्न र उपभोक्तालाई दशैंमा नयाँ जुत्ता उपलब्ध गराउनका लागि एक्सचेञ्ज मेला आयोजना गरिएको मेला आयोजक प्रमोद महतोको भनाई छ । ‘यसअघि पनि पटक–पटक यस्ता मेला आयोजना गर्दा उपभोक्ताहरुको व्यापक चासो र भिड देखिएकाले अहिले फेरि एक्सचेञ्ज मेला आयोजना गरिएको हो’ आयोजक महतोको भनाई छ।

jutta mela1664449743.jpg

दशैं एक्सचेञ्ज मेलाका लागि नै भनेर जुत्ता कम्पनीले १ सय ५० भन्दा बढि नयाँ र लेटेस्ट डिजाइनका जुत्ता लन्च गरेका छन । नेपाली उपभोक्तालाई आफ्नो ब्राण्डको जुत्ता लगाउने वानी बसाल्नका लागि यस्तो आकर्षक अफर ल्याएको र जुत्ताको बजार मुल्य अनुसार नै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्रीको उत्पादन लागत भन्दा सस्तो मूल्यमै नयाँ जुत्ता उपलब्ध हुने अर्का आयोजक जीवन श्रेष्ठको भनाई छ ।

मेलामा पार्टी, अफिस, कलेज, स्पोर्टस, क्याजुअल, लोफर, क्व्याटर, फुल लगायतका जुत्ताहरु शोरुममा उपलब्ध छन् । ‘आधुनिक डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध छन्,’ उनले भने, ‘एक्स्चेन्ज अफर तथा विशेष छुटसहितको मेलाबाट धेरै ग्राहक लाभान्वित हुनेमा हामी विश्वस्त छौं ।’ पद्मोदय मोडमा स्थायी शोरुम भएकाले ग्राहकले वर्षभरी नै जुत्ता चप्पलको सेवा लिन सक्ने श्रेष्ठले बताए।

jutta mela 11664449762.jpg

स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि एक्सचेञ्ज मेला सार्थक हुने आयोजकको भनाई छ ।


 

प्रकाशित मिति: १६:४० बजे, बिहीबार, असोज १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्