Kathmandu Press

बाग्मतीका मुख्यमन्त्री पाण्डेलाई मातृ शोक

मुख्यमन्त्री पाण्डेकी आमा मनमाया पाण्डेको आज ८७ वर्षको उमेरमा निधन भएको हो।
बाग्मतीका मुख्यमन्त्री पाण्डेलाई मातृ शोक

हेटौंडा, असोज १३ : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मातृ शोक परेको छ। मुख्यमन्त्री पाण्डेकी आमा मनमाया पाण्डेको आज ८७ वर्षको उमेरमा निधन भएको हो। 

मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव उमेश रुपाखेतीका अनुसार मनमायाको आज बिहान ३ बजे काठमाडौँको सितापाइलामा निधन भएको हो। स्वर्गीय पाण्डेका मुख्यमन्त्री पाण्डे, नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेसहित पाँच छोरा र तीन छोरी छन्। 

मुख्यमन्त्री पाण्डे बागमती प्रदेशको राजधानी हेटौँडा र एमाले नेता पाण्डे चितवनमा रहेकाले उनीहरु काठमाडौँ आउनेवित्तिकै आजै पशुपति आर्यघाटमा स्वर्गीय पाण्डेको अन्त्येष्टि गरिने बताइएको छ।  

प्रकाशित मिति: १०:२२ बजे, बिहीबार, असोज १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्