Kathmandu Press

सिभिल मलमा सपिङ गर्दा स्कुटर उपहार

दशैं तिहारमा सपिङ गर्ने उपभोक्ताले टिभिएस एन्टर्क आरटिएफआइ स्कुटर, डिएचआइ ब्रान्डका  इलेक्ट्रोनिक आइटम, जाम्न डटकमको तर्फबाट पोखराका लागि राउन्ड ट्रिप प्याकेज, दिनहुँ गिफ्ट भौचर र नगद पुरस्कार प्राप्त गर्नेछन् ।
सिभिल मलमा सपिङ गर्दा स्कुटर उपहार

काठमाडौं, असोज १२ : सिभिल मलले दशैं तिहारको अवसर पारेर आफ्ना ग्राहकलाई विशेष उपहार योजना ल्याएको छ ।

दशैं तिहारमा सपिङ गर्ने उपभोक्ताले टिभिएस एन्टर्क आरटिएफआइ स्कुटर, डिएचआइ ब्रान्डका  इलेक्ट्रोनिक आइटम, जाम्न डटकमको तर्फबाट पोखराका लागि राउन्ड ट्रिप प्याकेज, दिनहुँ गिफ्ट भौचर र नगद पुरस्कार प्राप्त गर्नेछन् ।

मलले एक हजार रूपैयाँ वा सोभन्दा बढी रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरी विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको हो । मलका मार्केटिङ म्यानेजर अमिर ठकुरीका अनुसार यो उपहार योजना असोज ८ गतदेखि कात्र्तिक २६ गतेसम्म लागू हुनेछ । चाडपर्वलाई लक्षित गरी मल बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने भएको छ ।

मलमा सपिङ गर्ने एक जना भाग्यशाली उपभोक्ताले बम्पर उपहारअन्तर्गत टिभिएसको एन्टर्क आरटिएफआइ स्कुटर पाउने सिभिल मलका मार्केटिङ म्यानेजर ठकुरीले बताए ।

सिभिल मल टिकटक च्यालेन्जमा साप्ताहिक रुपमा आकर्षक पुरस्कारहरू पनि प्रदान गरिनेछ । मलले हरेक वर्ष दशैं र तिहारको अवसर पारेर उपहार योजनाहरु ल्याउने गर्छ ।

प्रकाशित मिति: १९:५९ बजे, बुधबार, असोज १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्