चट्याङ लागेर दुई जनाको मृत्यु
रिता देवीले भैंसीलाई पानी खुवाउने क्रममा र उदित चन्द्रले आफ्नै घरबाट करिब १ किलोमिटर टाढा खेतमा घाँस काट्ने क्रममा चट्याङ लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
काठमाडौं, असोज १२ : देवानगंज गाउँपालिका १ बस्ने ४५ वर्षीया रिता देवी यादव र देवानगंज गाउँपालिका ६ बस्ने ६० वर्षीय उदित चन्द्र यादवको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर बुधबार बिहान मृत्यु भएको छ ।
रिता देवीले भैंसीलाई पानी खुवाउने क्रममा र उदित चन्द्रले आफ्नै घरबाट करिब १ किलोमिटर टाढा खेतमा घाँस काट्ने क्रममा चट्याङ लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १९:४९ बजे, बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार