Kathmandu Press

चीनको एक रेस्टुरेन्टमा आगलागी हुँदा सत्र जनाको मृत्यु

चीनको एक रेस्टुरेन्टमा आगलागी हुँदा सत्र जनाको मृत्यु

बेइजिङ : उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु भएकाे छ। आगलागीबाट अन्य तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष्ट गरेको एक विज्ञप्तिमा स्थानीय सरकारले चाङचुन सहरको एउटा भोजनालयमा बुधबार दिउँसो १२ः४० बजे मा आगलागी भएको जनाएको छ।

Hardik ivf

अग्नीनियन्त्रक घटनास्थलमा पुगेका र दिउँसो ३ बजेसम्म खोजी र उद्धारकार्य पूरा गरेका विज्ञप्तिमा जनाइएको छ।

घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीले जनाएका छन्।

प्रकाशित मिति: १९:३५ बजे, बुधबार, असोज १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्