Kathmandu Press

चट्याङ लागेर सुनसरीमा दुईको मृत्यु

चट्याङ लागेर सुनसरीमा दुईको मृत्यु
Hardik ivf

सुनसरी, असोज १२ : सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–१ का ४५ वर्षीया रीतादेवी यादव र वडा नं २ का उदितचन्द्र यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए। 

भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चटयाङमा परेर रीतादेवीको मृत्यु भएको छ भने घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा पानीसँगै आएको चट्याङमा परेर उदितचन्द्रको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए। 

प्रकाशित मिति: १५:५९ बजे, बुधबार, असोज १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्