Kathmandu Press

जनचेतनामूलक कार्यक्रम गर्दै मनाईयो विश्व रेबिज दिवस 

जनचेतनामूलक कार्यक्रम गर्दै मनाईयो विश्व रेबिज दिवस 

काठमाडौं, असोज १२ : विश्व रेविज दिवस बुधबार बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै नेपालमा पनि मनाइएको छ ।  

हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने रेविज दिवस नेपालमा पनि एक स्वास्थ्यको कार्यान्वयन, रेविजबाट शुन्य निधन भन्ने नाराका साथ मनाइएको हो । दिवसका अवसरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पुगेर जनावरहरुको अवस्थामा बारेमा जानकारी लिएको थियो भने अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको थियो।

बहुला कुकुरको टोकाइबाट मानिसमा सर्ने रेविज रोग विरालो, न्याउरीमुसा र स्यालको टोकाइबाट यो रोग सर्ने गर्दछ । महाशाखाका निर्देशक डा चुमन लाल दासले सन २०३० सम्म रेविजबाट शुन्य निधनको योजनामा अनुसार काम भइरहेको बताइ।

उनले बहुला वा शंकास्पद कुकुर वा जनावरले टोकेको खण्डमा तुरुन्तै सम्भव भएमा सावुन पानी वा सफा पानीले टोकेको भागमा ५ मिनेटसम्म राम्ररी सफा गरी घाउमा डिटोल आयोडिनको झोल लगाउनु रेविजको प्राथमिक उपचार रहेको बताए। 

नेपालका सबै जिल्ला अस्पताल र सरुवा रोग अस्पतालहरुबाट रेविजविरुद्धको खोप उपलब्ध रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। नेपालमा लगभग आधार जनसंख्या रेविज रोगको उच्च जोखिममा रहेको पाइन्छ भने नेपालमा हरेक बर्ष सय जना मानिसको रेविज रोगका कारण मृत्यु हुने प्रतिवेदनले देखाएको छ।  

प्रकाशित मिति: १५:५६ बजे, बुधबार, असोज १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्