Kathmandu Press

९३ हजार बालबालिकालाई कोभिड–१९ विरुद्ध फाइजर खोप लगाइयो

जिल्ला स्वास्थ्य कार्यालय बाराले पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ विरुद्ध ९३ हजार एक सय ८५ लाई खोप लगाएको छ। 
९३ हजार बालबालिकालाई कोभिड–१९ विरुद्ध फाइजर खोप लगाइयो

बारा, असोज १२ : जिल्ला स्वास्थ्य कार्यालय बाराले पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ विरुद्ध ९३ हजार एक सय ८५ लाई खोप लगाएको छ । 

निमित्त कार्यालय प्रमुख रामनरेश यादवका अनुसार कार्यालयले अभियानका रुपमा सञ्चालन गरिएको कार्यक्रम जिल्लाका १६ स्थानीय निकायमा पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई एक लाख २० हजार खोप दिने लक्ष्य रहेको छ । 

गत भदौ १६ देखि भदौ २० गतेसम्म पहिलो चरणमा र भदौ २७ देखि ३१ गतेसम्म दोस्रो चरणमा खोप अभियान सुरु गरी ९३ हजार एक सय ८५ जनालाई खोप लगाउन सफल भएको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत जितन चौधरीले बताए। 

प्रकाशित मिति: १५:४९ बजे, बुधबार, असोज १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्