Kathmandu Press

दक्षिण कोरियामा ३६ हजारभन्दा बढी सङ्क्रमित

दक्षिण कोरियामा ३६ हजारभन्दा बढी सङ्क्रमित

सउल, असोज १२ : दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ३६ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीले मङगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३६ हजार एक सय ५९ सङ्क्रमित भएका हुन्। 

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या दुई करोड ४७ लाख नौ हजार सात सय ८९ पुगेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। दैनिक सङ्क्रमितको सङ्ख्या एक दिनअघिको केही मात्रमा घटेको बताइएको छ। अघिल्लो दिन ३९ हजार चार सय २५ सङ्क्रमित भएका थिए । अघिल्लो हप्ता औसतमा दैनिक सङ्क्रमितको सङ्ख्या २९ हजार पाँच सय  ६९ रहेको थियो।
    
अहिले सङ्क्रमित अवस्थामै रहेकामध्ये तीन सय ७५ जना गम्भीर अवस्थामा रहेका छन् । यो सङ्ख्या भने अघिल्लो दिनको भन्दा २६ जनाले कम भएको छ ।दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ४६ जनाको मृत्यु भएको छ । योसँगै कोरियामा कोरानाका कारण कुल मृतकको सङ्ख्या २८ हजार तीन सय १८ पुगेको छ।
 
विश्वका धेरै देशमा कोरोना भाइरसको महामारी अत्यन्त न्युन भइसक्दासमेत दक्षिण कोरियामा भने फैलिइरहेको छ । महामारी सुरु भएका बेला राम्रोसँग महामारी नियन्त्रण गरेको दक्षिण कोरिया अहिलेसम्म पूर्णरुपमा नियन्त्रण गर्न असफल भएको छ। 

प्रकाशित मिति: १४:२५ बजे, बुधबार, असोज १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्