Kathmandu Press

अरिङ्गालले टोकेर बागलुङमा एकको मृत्यु

अरिङ्गालले टोकेर बागलुङमा एकको मृत्यु

बागलुङ : बागलुङमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ। जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिङ्गालले टोक्दा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए।

रातको समयमा घर नजिकैको जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका रानालाई स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएको र आज बिहान घरमै उनको मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: २०:०४ बजे, मंगलबार, असोज ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्