Kathmandu Press

अञ्जनको ह्याट्रिकमा नेपालको सानदार जित

दशरथ रंगशालामा भएको खेलमा स्टार स्ट्राइकर अञ्जन विष्टको ह्याटिङक मद्ददमा नेपालले बंगलादेशलाई ३–१ले हरायो।
अञ्जनको ह्याट्रिकमा नेपालको सानदार जित

काठमाडाैं, असाेज ११ : बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले सानदार जित निकालेको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा स्टार स्ट्राइकर अञ्जन विष्टको ह्याटिङक मद्ददमा नेपालले बंगलादेशलाई ३–१ले हरायो।

नेपालका लागि तीनै गोल अञ्जनले गर्दा बंगलादेशका सजाद हुसेनले गोल गरेका थिए। नेपालले तीनै गोल पहिलो हफामा गरेको थियो भने बंगलादेशले दोस्रो हाफमा गरेको थियो।

खेलको १७औं मिनेटमा अञ्जनले नेपाललाई सुरुआती अग्रता दिलाए। उनले विमल घर्तिमगरको पासमा हेडिङमार्फत गोल गरेका थिए।

Hardik ivf

यस्तै, अञ्जनले २६औं मिनेटमा नेपलको अग्रता दोब्बर बनाए । यो पटक उनले तेज तामाङको प्रहार बंगलादेशी किपरले रोकेपछि आएको रिवाउन्डमा गोल गरेका थिए ।

३८औं मिनेटमा अञ्जनले करिअरको ह्याट्रिक पुरा गरे। यो पटक उनले विशाल राईको फ्रिकिकमा ब्याक हेडिङ गर्दै गोल गरेका थिए।

अञ्जन नेपालका लागि ह्याट्रिक गर्ने छैठौं खेलाडी हुन् । उनीभन्दा अघि नवयुग श्रेष्ठ, भरत खवास, निराजन रायमाझी, नरेश जोशी र गणेश थापाले ह्याट्रिक गरेका थिए। यो सँगै अञ्जनले राष्ट्रिय टिममा आफ्नो गोल संख्या १० पु¥याएका छन् । उनले बंगलादेशविरुद्ध नै ४ गोल गरेका छन्।

५५औं मिनेटमा सजाद हुसेनले गाेल गर्दै बंगलादेशलाइ खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि गाेल नहुँदा नेपाल विजयी भयाे।

 

 

प्रकाशित मिति: १९:३१ बजे, मंगलबार, असोज ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्