Kathmandu Press

मानव बेचविखनको आरोपमा म्यानपावर सञ्चालक पक्राउ

मानव बेचविखनको आरोपमा म्यानपावर सञ्चालक पक्राउ

काठमाडाैं : मानव बेचबिखनको आरोपमा काठमाडौँको सिनामङ्गलस्थित आयुष ओभरसिज प्रालिका सञ्चालक उदितनारायण शाह पक्राउ परेका छन्। उक्त ओभरसिजका पब्लिक रिलेसन अफिसर दिवाकर झा र रिसेप्सनिष्ट राखीकुमारी सिंह पक्राउ परेका छन्।

उनीहरुले कम्बोडियामा कम्प्युटर अपरेटरसम्बन्धी काममा नौ सयदेखि एक हजारसम्म अमेरिकी डलर कमाई हुने भनी प्रलोभनमा पारेर अश्लील गतिविधिमा संलग्न गराई अन्य व्यक्तिबाट पैसा ठगी गर्ने कार्यमा संलग्न गराइएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ।

Hardik ivf

उनीहरुले पटकपटक गरेर पीडितबाट रु तीन लाख ८३ हजार रकमसमेत लिएको पाइएको छ। शाहले पीडितको कम्बोडियासम्मको भिजिट भिसा र टिकट  बनाएर गत चैत २७ मा संयुक्त अरब इमिरेट, सिङ्गापुर हुँदै कम्बोडियाको रोज एन्ड रोज भन्ने चाइनिज कम्पनीमा पुर्‍याएका थिए।

उक्त कम्पनीले पीडितलाई अमेरिका, क्यानडा र युरोपका विभिन्न मुलुकका मानिसहरुलाई केटी बनेर सामाजिक सञ्जालबाट अश्लील स्टोरीहरु सुनाइ प्रेममा फसाउन लगाई क्रिप्टो करेन्सीलगायतमा रकम लगानी गर्न लगाउने गरेको खुलेको छ।

चार महिनासम्म जबर्जस्ती काममा लगाएपछि थाइल्यान्ड र कम्बोडियास्थित राजदूतावासको सहयोगमा  भदौ २२ गते उनी नेपाल फर्किएका थिए। त्यसपछि उनले मानवबेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा जाहेरी दिएको र उनको जाहेरीका आधारमा म्याद थप गरी अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको ब्यूरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।

प्रकाशित मिति: १९:२७ बजे, मंगलबार, असोज ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्