Kathmandu Press

रुसमा अझै पनि कोरोनाको महामारी, एक दिनमा झण्डै ३७ हजार सङ्क्रमित

रुसमा अझै पनि कोरोनाको महामारी, एक दिनमा झण्डै ३७ हजार सङ्क्रमित

मस्को : विश्वको शक्तिशाली राष्ट्र रुसमा अझै पनि कोरोना भाइरसको महामारी फैलिइरहेको छ।

कोरोना भाइरस विरुद्धको खोप समेत आविष्कार गरेको रुसले आफ्नै देशमा त्यसको महामारी नियन्त्रण गर्न भने अझैसम्म पनि असफल भएको हो।

Hardik ivf

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार रुसमा अहिले पनि दैनिक झण्डै ३७ हजार मानिस कोरोना भाइरसबाट सङ्क्रमित हुने गरेका छन्।  

रुसको आधिकारिक निकायले मङ्गलबार थप ३६ हजार ६०५ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरेको छ। योसँगै अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या दुई करोड आठ लाख ६९ हजार ७१४ पुगेको पनि अधिकारीहरूले जनाएका छन्।  

त्यसैगरी कोरोना भाइरसका कारण रुसमा अहिलेसम्म कुल तीन लाख ८६ हजार ९४३ जनाको मृत्यु भएको छ। ती मध्ये १०१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।

रुसमा कोरोना भाइरस नियन्त्रणका लागि प्रयास भइरहेपनि देशका विभिन्न ठाउँमा अहिले पनि सङ्क्रमण फैलिइरहेको छ।

प्रकाशित मिति: १८:५७ बजे, मंगलबार, असोज ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्