Kathmandu Press

१९ वर्षीया किशाेरी बलात्कारकाे अभियाेगमा एक जना पक्राउ

१९ वर्षीया किशाेरी बलात्कारकाे अभियाेगमा एक जना पक्राउ

भक्तपुर : १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। रामेछाप उमाकुण्ड गाउँपालिका ३ घर भएका भक्तपुर चाँगुनारायण नगरपालिका २ दुवाकोट तल्लो हाईट बस्दै आएका ३९ वर्षीय जयन्त थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

थापाले ती किशोरीलाई गत भदौ २१ गते दिउँसो आफ्नै घर कोठामा जबरजस्ती करणी गरी फरार रहेका थिए। प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १८:१३ बजे, मंगलबार, असोज ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्