थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज ११ : नेपालमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ७ सय २९ पिसिआर परिक्षणका क्रममा ४२ जना र २ हजार १ सय एन्टीजेन परिक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ७६ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ हजार १ सय ४४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:४० बजे, मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












