Kathmandu Press

कोरोनाले रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु

कोरोनाले रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु
Hardik ivf

काठमाडौं, असोज ११ : कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुनः सुरु भएको छ। 

कोभिडका कारण तीन वर्षदेखि उक्त एयरलाइन्सको  पर्वतीय उडान रोकिएको थियो। कोरोना सङ्क्रमण नियन्त्रणमा आउनाका साथै जनजीवन सहज भएसँगै पर्यटकको सुविधालाई ध्यानमा राख्दै पुनः माउन्टेन फ्लाइट सुरु गरिएको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए। 
    
उनका अनुसार श्री एयरलाइन्सले सीआरजे २०० सिरिजको जहाजमार्फत २५ हजार फिट उचाइमा यो उडान सेवा दिने भएको छ। 

उक्त उडानमा नेपालीका लागि रु १५ हजार र विदेशीका लागि २३० अमेरिकी डलर भाडादर निर्धारण गरिएको छ। हरेक दिन बिहान ६ः३० बजेदेखि  थालिने माउन्टेन फ्लाइटको उडान अवधि ५० मिनेटको हुने जनाइएको छ।

प्रकाशित मिति: १२:२० बजे, मंगलबार, असोज ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्