Kathmandu Press

ज्वालामुखी–२ का पूर्ववडाध्यक्ष रणबहादुर शाही एमालेमा प्रवेश 

ज्वालामुखी गाउँपालिका–२ का निवर्तमान वडाध्यक्ष समेत रहेका शाही सोमबार एमाले प्रवेश गरेका हुन् । उनीसँगै कांग्रेस ज्वालामुखी गाउँपालिका समिति सदस्य लाल बहादुर कार्की पनि एमाले प्रवेश गरेका हुन् ।
ज्वालामुखी–२ का पूर्ववडाध्यक्ष रणबहादुर शाही एमालेमा प्रवेश 

धादिङ, असोज ११ : नेपाली कांग्रेस धादिङका कार्यसमिति सदस्य रणबहादुर शाही नेकपा एमालेमा प्रवेश गरेका छन्। 

ज्वालामुखी गाउँपालिका–२ का निवर्तमान वडाध्यक्ष समेत रहेका शाही सोमबार एमाले प्रवेश गरेका हुन् । उनीसँगै कांग्रेस ज्वालामुखी गाउँपालिका समिति सदस्य लाल बहादुर कार्की पनि एमाले प्रवेश गरेका हुन् । उनीहरु दुबैलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए ।

Hardik ivf

शाही २०७४  को स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । यसपटक पार्टीले टिकट नदिएका कारण रुष्टिएका उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवारी दिनुअघि शाही कांग्रेस धादिङ जिल्ला कार्यसमिति सदस्य थिए । स्वतन्त्र उम्मेदवारी दिएपछि उनी पार्टीको कारवाहीमा परेका थिए ।

नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले स्थानीय निर्वाचनमा पार्टीलाई कमजोर बनाउने उद्धेश्यले स्वतन्त्र उम्मेदवारी दिएपछि केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यसअघि नै शाहीलाई पार्टीबाट निलम्बन गरिएको बताए । 

shahi and karki1664256124.jpg

सभापति अधिकारीले वैशाखदेखि नै शाही पार्टीको कुनैपनि क्रियाकलापमा सहभागी नभएको जानकारी दिए । एमाले प्रवेश गर्नुअघि शाहीले आफूलाई फोन गरेको समेत सभापति अधिकारीले बताए । ‘तपाईँलाई यथास्थानमा फर्काउने र जिम्मेवारी दिने प्रयत्न गर्दैछौं भनेको थिएँ,’ अधिकारीले भने, ‘हुन्छ छलफल गर्दैछु भन्नुभएको थियो, त्यसपछि कुरा भएको छैन ।’  

शाही एमाले प्रवेश गरेपछि स्थानीय राजनीतिमा तरंग पैदा भएको छ ।  

प्रकाशित मिति: १०:५८ बजे, मंगलबार, असोज ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्