Kathmandu Press

लोकतन्त्रको मूल्यका लागि गठबन्धन आवश्यक छ : मन्त्री श्रेष्ठ

मुख्यतः सङ्गठनात्मक शक्ति र उम्मेदवारको व्यक्तित्वलाई मुख्य आधार मानेर गठबन्धनलाई अगाडि बढाउन खोजिएको उनले जानकारी दिए । मन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मान्यताअनुसार देशलाई अगाडि बढाउनुपर्ने भए पनि पुरानो राज्ययन्त्रले त्यसलाई रोक्न खोजिरहेको टिप्पणी गरे । 
लोकतन्त्रको मूल्यका लागि गठबन्धन आवश्यक छ : मन्त्री श्रेष्ठ

काठमाडौं, असोज १० : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले गठबन्धनको राजनीति प्रारम्भ भएकाले सङ्घीयताले संस्थागत रुप लिन नसकेको टिप्पणी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले  निर्वाचनमा अग्रगामी र परिवर्तनलाई रोक्न खोज्ने पक्षधरबीच सङ्घर्ष हुने बताए । एक सय ६५ सङ्घीय निर्वाचन क्षेत्रमध्ये गठबन्धनभित्र करिब १३५ वटा क्षेत्रमा सहमति गरिसकेका दाबी गर्दै मन्त्री श्रेष्ठले भने, “बाँकी ३० क्षेत्रमा पनि विस्तारै सहमति हुन्छ । प्रादेशिक निर्वाचन क्षेत्रबारे पनि कुरा भइरहेको छ । दसैँ अगाडि नै सबै कुरा टुङ्ग्याएर अगाडि बढ्ने जमर्को गरेका छौँ ।”

Hardik ivf

मुख्यतः सङ्गठनात्मक शक्ति र उम्मेदवारको व्यक्तित्वलाई मुख्य आधार मानेर गठबन्धनलाई अगाडि बढाउन खोजिएको उनले जानकारी दिए । मन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मान्यताअनुसार देशलाई अगाडि बढाउनुपर्ने भए पनि पुरानो राज्ययन्त्रले त्यसलाई रोक्न खोजिरहेको टिप्पणी गरे । 

उनले आगामी मङ्सिरमा हुने सङ्घीय चुनावमा आफूले काठमाडौं–७ बाट उम्मेदवारी दिने स्पष्ट पारे । उक्त क्षेत्रबाट लामो समयदेखि आफूले राजनीतिलाई अगाडि बढाउँदै आएको बताए ।

आफ्नो कार्यकालमा सो क्षेत्रमा विकासको जनलहर सिर्जना गरेको दाबी गर्दै श्रेष्ठले विद्यालयदेखि शिक्षा, स्वास्थ्य, पर्यटकीय विकास, बाटो निर्माणदेखि खानेपानीको सम्बन्धमा साथ दिँदै आएको उल्लेख गरे  ।

प्रकाशित मिति: २०:४२ बजे, सोमबार, असोज १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्