Kathmandu Press

मकवानपुमा मतदाता सङ्ख्या बढ्यो

मकवानपुमा मतदाता सङ्ख्या बढ्यो

हेटौंडा, असोज १० : यही आउँदो मङ्सिर ४ गते हुने  प्रतिनीधिसभा र प्रदेश सभाको निर्वाचनका लागि मकवानपुरमा मतदाताको सङ्ख्यामा वृद्धि भएको बागमती प्रदेश  निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ। 

सो निर्वाचनका लागि अहिले मतदाताको सङ्ख्यामा वृद्धि भएर तीन लाख सात सय ३३ मतदाता पुगेको सो कार्यालयका प्रमुख लुम्वनाथ पोखरेलले बताए। वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा दुई लाख ९४ हजार नौ सय १९ जना मतदाता थिए।

मकवानपुरमा अहिले पाँच हजार आठ सय १४ मतदाता थपिएको बताइएको छ । मकवानपुरमा एक लाख ५३ हजार पाँच सय २८ पुरुष र एक लाख ४७ हजार दुई सय महिला तथा पाँच तेस्रो लिङ्गी रहेको बताइएको छ। मकवानपुरमा प्रतिनिधि तथा प्रदेशसभाका लागि एक सय ६७ वटा मतदानस्थल तथा तीन सय ६४ वटा मतदान केन्द्र रहको छ।

आगामी असोज १५ गते देखि २० गते सम्ममा दुईवटा प्रतिनीधिसभा क्षेत्र रहको मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने सो कार्यालयले जनाएको छ। निर्वाचनका लागि हाल जिल्लामा म्यादी प्रहरीको छनोट कार्य भइरहको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित मिति: १५:१० बजे, सोमबार, असोज १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्