Kathmandu Press

फिलिपिन्सिमा ‘नोरु’ आँधीबाट ६ जनाको मृत्यु

फिलिपिन्सिमा ‘नोरु’ आँधीबाट ६ जनाको मृत्यु

फिलिपिन्स, असोज १० : फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तशिाली आँधीमा परी कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरुले सोमबार बताएका छन् । फिलिपिन्सको लुजोन टापुमा आइतबार दिउँसोदेखि भारी वर्षा र हावाहुरीसहित आएको सुपर टाइफुन ‘नोरु’ले सताएको छ। 

टाइफुन नोरुले रुखहरु, बिजुलीको खम्बा ढालेको र बाढीले पनि सताएको जनाइएको छ । राजधानी मनिलानजिकै रहेको बुलाकान प्रान्तको सान मिगुएल नगरपालिकामा बाढीपीडित बासिन्दाहरूलाई मद्दत गर्न पठाइएका पाँच उद्धारकर्ताको मृत्यु भएको प्रान्तका गभर्नर ड्यानियल फर्नान्डोले बताएका छन् । 

उनीलाई प्रान्तीय सरकारले बाढीग्रस्त क्षेत्रमा तैनाथ गरेको सान मिगुएलका प्रहरी प्रमुख लेफ्टिनेन्ट कर्नल रोमुआल्डो एन्ड्रेसले बताएका छन्। सोमबार फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले आँधीबाट प्रभावित मनिलाको उत्तरमा तीन प्रान्तको हवाई निरीक्षण गर्नुभएको छ। 

उनले क्षतिको जाँच गर्नको लागि नोरुले आइतवार दिउँसो ल्यान्डफल गरेको क्विजोन प्रान्तको पनि भ्रमण गर्नुहुने अपेक्षा गरिएको छ । नोरु यस वर्ष फिलिपिन्समा प्रवेश गर्ने ११ औं र सबैभन्दा शक्तिशाली आँधी हो। 

प्रकाशित मिति: १४:५९ बजे, सोमबार, असोज १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्