यमनको शान्ति प्रक्रियाबारे छलफल
प्राप्त समाचारअनुसार महासचिव एन्टोनियो गुटरेस र यमनको राष्ट्रपतीय नेतृत्व परिषदका अध्यक्ष रसद अल अलिमीका बीचमा आइतबार कुराकानी भएको यमनी टेलिभिजनले जनाएको छ।
साना, असाेज १० : यमनमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिव र यमनको राष्ट्रपतीय नेतृत्व परिषदका अध्यक्षका बीचमा छलफल भएको छ।
प्राप्त समाचारअनुसार महासचिव एन्टोनियो गुटरेस र यमनको राष्ट्रपतीय नेतृत्व परिषदका अध्यक्ष रसद अल अलिमीका बीचमा आइतबार कुराकानी भएको यमनी टेलिभिजनले जनाएको छ।
उहाँहरुका बीचमा यमनमा जारी रहेको गृहयुद्धको अन्त्यका लागि आवश्यक छलफल भएको र यसका लागि शान्ति प्रक्रियाको सुरुआत गर्नुपर्ने विषयमा सहमति भएको पनि बताइएको छ।
संयुक्त राष्ट्रसङ्घको ७७औँ महासभामा सहभागी हुन जानुभएका यमनको राष्ट्रपतीय नेतृत्व परिषदका अध्यक्ष रसद अल अलिमीले महासचिव गुटरेसलाई अमेरिकाको न्युुयोर्कमा भेट गर्नुभएको थियो।
त्यस क्रममा यमनमा जारी हत्या हिंसालाई रोक्न यहाँको गृहयुद्धको अन्त्य गर्न शान्ति वार्ताको प्रक्रिया अविलम्ब थाल्नुपर्नेमा उनीहरुले जोड दिनुभएको थियो।त्यस भेटका क्रममा यमनको राष्ट्रपतीय नेतृत्व परिषदका अध्यक्ष रसदले महासचिव गुटरेसलाई यमनको पछिल्लो अवस्थाका साथै यहाँ शान्ति स्थापनाका लागि जारी रहेको प्रयासका बारेमा जानकारी गराएका थिए।
त्यसक्रममा यमनको गृहयुद्ध रोक्नका लागि संयुक्त राष्ट्रसंघले खेलेको भूमिकाका लागि अध्यक्ष रसदले महासचिव गुटरेसलाई विशेष धन्यवाद दिएको थिए। उता महासचिव गुटरेसले पनि यमनमा आवश्यक सहयोग गर्न संयुक्त राष्ट्रसङ्घ तयार रहेको भन्दै यमनको गृहयुद्ध रोक्न राष्ट्रसङ्घका तर्फबाट आवश्यक पर्ने सहयोग निरन्तर राख्ने पनि जानकारी दिएका थिए।
राष्ट्रसङ्घको पहलमा यमनमा शान्ति स्थापनाका लागि यसअघि पनि धेरै पटक पहल भएका र वार्ता पनि भएका थिए। तर वार्ता सफल हुन भने सकेको छैन।




-1777018433.jpg)







