Kathmandu Press

भारतीय कांग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

उम्मेदवारी दर्ताका लागि ५० जना प्रस्तावक चाहिनेमा सबै प्रस्तावकको तयारी भइसकेको पनि उनले जानकारी दिए।
भारतीय कांग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

नयाँ दिल्ली, असाेज १० : भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थरूरले उम्मेदवारी दर्ता गर्ने भएका छन्।

सङ्घीय संसदको सांसद समेत रहेका थरूरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन्। उनले भने, 'कांग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ।'

Hardik ivf

उम्मेदवारी दर्ताका लागि ५० जना प्रस्तावक चाहिनेमा सबै प्रस्तावकको तयारी भइसकेको पनि उनले जानकारी दिए। उनी अध्यक्षमा निर्वाचित भए भारतीय राष्ट्रिय कांग्रेसमा २५ वर्षपछि मात्रै गान्धि परिवारभन्दा बाहिरको व्यक्ति अध्यक्ष हुनेछन्।

यसअघि सन् १९९६ मा सीताराम केसरी गान्धी परिवारभन्दा वाहिरको नेता कांग्रेसको अध्यक्ष भएका थिए। उनले शरद पवार र राजेश पिलोटलाई पराजित गर्नु भएको थियो। त्यसपछिको निर्वाचनमा भने सन् १९९८ मा जितेन्द्र प्रसादलाई सोनिया गान्धीले अध्यक्षमा पराजित गरेका थिए।  

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष मधुसूदन मिस्त्रीले पार्टी केन्द्रीय कार्यालयमै उम्मेदवारी दर्ता फाराम उपलब्ध हुने जानकारी दिए।  भारतीय राष्ट्रिय कांग्रेसलाई लामो समयदेखि अन्तरिम अध्यक्षले सञ्चालन गर्दै आएका छन्। गत आम निर्वाचनमा पार्टीले नराम्रोसँग पराजय भोगेपछि तत्कालीन अध्यक्ष राहुल गान्धीले हारको जिम्मेवारी लिँदै नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए। 

उनको राजीनामा लामो समयसम्म अस्विकृत गर्दै उनलाई नै अध्यक्षको जिम्मेवारी सम्हाल्न आग्रह गरिएको थियो। तर जति आग्रह गर्दा पनि उनले नमानेपछि उनकै आम तथा पूर्व अध्यक्ष सोनिया गान्धीलाई नै अन्तरिम अध्यक्षको जिम्मेवारी दिएको छ। 

अब हुने महाधिवेशनबाट पनि राहुला गान्धीलाई नै अध्यक्ष बनाउनु पर्ने पक्षमा उभिँदै आएका नेताहरुको सङ्ख्या धेरै छ। तर उहाँको वारेमा स्पष्ट निर्णय भइनसकेको बेला थरूरले उम्मेदवारी दिने तयारी गर्नु भएको हो। 

पार्टीभित्रको आन्तरिक विवाद र अन्यौलताका बीच लामो समयपछि भारतीय कांग्रेसले नयाँ नेतृत्व पाउने भएको छ।

प्रकाशित मिति: १२:२५ बजे, सोमबार, असोज १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्