बदेलको आक्रमणबाट भरतपुरमा एक युवकको मृत्यु
बदेलको आक्रमणबाट चितवनको भरतपुरमा एक जनाको मृत्यु भएको छ।
भरतपुर, असोज १० : बदेलको आक्रमणबाट चितवनको भरतपुरमा एक जनाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–१२ नौरङेका दिपक विक बँदेलको आक्रमणबाट घाइते भएका थिए। असोज ६ गते मर्निङवाक जाने क्रममा एक्कासी जंगलबाट निस्किएको जंगली बँदेलले आक्रमण गरेको थियो।
घाइते विकको भरतपुरमा अस्पतालमा उपचारर भइरहेको थियो। उपचारका क्रममै उनको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ।
प्रकाशित मिति: ०७:४० बजे, सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











