ब्लड क्यान्सरपीडित नमोबुद्धका कटुवाललाई आर्थिक सहयोग
काठमाडौं : ब्लड क्यान्सरबाट पीडित नमोबुद्ध २ का गोकुल कटुवाललाई नेपाली कांग्रेस नमोबुद्ध-काठमाडौं सम्पर्क समितिका सभापति आकाश तामाङको नेतृत्वमा आर्थिक सहयोग गरिएको छ।
शनिबार काठमाडौंमा आयोजित दशैं, तिहार,नेपाल सम्वत, छठपर्व र ल्होसार पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आर्थिक सहयोग संकलन गरिएको थियो।
कार्यक्रममा संकलित ७६ हजार १ सय १० रुपैयाँ आज वीर अस्पतालमा पुगेर कटुवाललाई हस्तान्तरण गरिएको नेपाली कांग्रेस नमोबुद्ध-काठमाडौं सम्पर्क समितिका सभापति आकाश तामाङले जानकारी दिए।
सहयोग संकलन अभियानमा नेतृत्व लिएका सभापति तामाङले कटुवालको उपचारका लागि सहयोग गर्ने सबैमा आभार प्रकट गरेका छन्।
कटुवालको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ। आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या परेपछि सहयोगीहरू अघि सरेका हुन्।
नमोबुद्ध-काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री मोहन वस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गणेश लामा, जिल्ला सभापति तीर्थ लामा, नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामालगायतको उपस्थिती थियो।