Kathmandu Press

द्वन्द्व अन्त्यका लागि सबै सम्प्रदायलाई सम्मान गर्नुपर्छ : गृहमन्त्री खाण

द्वन्द्व अन्त्यका लागि सबै सम्प्रदायलाई सम्मान गर्नुपर्छ : गृहमन्त्री खाण

काठमाडाैं : गृहमन्त्री बालकृष्ण खाँणले द्वन्द्व अन्त्यका लागि सबै सम्प्रदायलाई सम्मान गर्नुपर्ने बताएका छन। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीस्थित श्री शिव मन्दिर धर्मशालाको आज उद्घाटन गर्दै उनले द्वन्द्वले मुलुक र जनताको हित नहुने बताए।

नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएकाले सबै धर्म र सम्प्रदायका मानिसले एकले अर्कोलाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो । रुपन्देही विकासको गतिमा अघि बढिरहेको जनाउँदै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन अन्य एयरलाइन्सलाई ल्याउनका लागि प्रयत्न गरिरहेको बताए।

लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री बसिउद्दीन खाँले प्रदेशका धार्मिक सम्पदाको रक्षाका लागि सरकारले सक्दो प्रयत्न गरिरहेको बताए।

प्रकाशित मिति: १८:१२ बजे, आइतबार, असोज ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्