Kathmandu Press

विदेशी मुद्रा विदेश लैजान खोज्दा..

विदेशी मुद्रा विदेश लैजान खोज्दा..

काठमाडौं, असोज ९ : राजस्व अनुसन्धान विभागले अनाधिकृत रुपमा परिवत्र्य विदेशी विनिमय अवैध रुपमा ओसारपसार गरेको अभियोगमा सतमान पुनविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। विभागले पुनले आठ हजार दुई सय ३० बराबरको यूरो अनाधकिृत रुपमा विदेश लैजान खोजेको आरोप लगाएको छ।

पुन गत असार २४ गते पुन काठमाडौँबाट दोहा हुँदै बेल्जियम जान लागेका थिए । रुकुमपूर्व उत्तरगङ्गा–१० घर भई बेल्जियमको नागरिकसमेत भइसकेका पुन विदेशी विमिनय अपचलन गरेको अभियोगमा पक्राउ परेका थिए । कुनै पनि विदेशी नागरिकले नेपाल आउँदा ल्याएको रकम भन्सार स्वघोषणा गरेको बाहेक पाँच हजार अमेकिरी डलर वा सो बराबरको परिवत्र्य मुद्रा मात्रै फिर्ता लैजान पाउने व्यवस्था छ। 

Hardik ivf

नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी विनिमयसम्बन्धी परिपत्रको समेत पुनले बर्खीलाप गरेको पाइएकाले मुद्दा दायर गरिएको विभागले जनाएको छ। विभागले गत भदौ ३० गते पुनविरुद्ध मुद्दा दायर गरेको भए पनि आवश्यक प्रक्रिया पु¥याउन समय लागेकाले आज विज्ञप्तिमार्फत जानकारी दिएको जनाएको छ। 

यस्तै विभागले भारतीय नागरिक अंकुर घनश्याम पटेलविरुद्ध पनि जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।  विभागका अनुसार आरोपी पटेलले पनि रु छ लाख ३५ हजार चार सय बराबरको विदेशी परिवत्र्य मुद्रा अनाधिकृत रुपमा विदेश लैजान खोजेको पाइएको छ। विभागले आरोपी पटेलले विदेश लैजान खोजेको रकम जफथ गरी जरीवाना समेत माग दाबी गर्दै मुद्दा दायर गरिएको जनाएको छ। 

विभागले नवलपरासीको सरावल गाँउपालिका–३ का आनन्दप्रसाद कलवारविरुद्ध रु ४३ लाख ७४ हजार बराबरको बिगो दाबी गर्दै यही असोज ६ गते जिल्ला अदालत धादिङमा मुद्दा दायर गरेको छ। अस्थायी प्रहरी पोष्ट सिम्ले धादिङले कलवारलाई केही समय पहिले पक्राउ गरेको थियो । विभागले बिगो बमोजिम जरिवाना र कैद सजायको माग गरेको छ।  

प्रकाशित मिति: १६:२८ बजे, आइतबार, असोज ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्