थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज ९ : मुलुकभर पछिल्लो चौबिस घन्टाको अवधिमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४ जनामा परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये १ हजार २०६ जनामा पीसीआर परीक्षण गर्दा ४० जनामा र १ हजार ८१८ जनामा एन्टीजेन परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा १०० जना संक्रमणमुक्त भएका छन् ।
आइतबार देशभर १ हजार २२३ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति: १६:२५ बजे, आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












