Kathmandu Press

सामुदायिक साकाेसको साधारण सभा सम्पन्न, युवा साकाेससँगको एकीकरण सम्झौता पारित

सभाले सामुदायिक र विन्धवासिनी बचत तथा ऋण सहकारीबीच एकीकरणको प्रस्ताव पनि पारित गरेको छ। 
सामुदायिक साकाेसको साधारण सभा सम्पन्न, युवा साकाेससँगको एकीकरण सम्झौता पारित

काभ्रेपलाञ्चोक, असोज ९ : काभ्रेपलाञ्चोकको पनौती–४ टौखालमा रहेकाे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सहकारी विभागद्वारा जारी सहकारी संस्थाको साधारण सभा कार्यविधिबमोजिम सात एकाइमा छुट्टाछुट्टै बैठक पनि सम्पन्न भएको जनाइएको छ।

पनौती एकाइको बैठक मुख्य कार्यालय पनौती-४ टौखालमा, कुशादेवी एकाइको बैठक कुशादेवी पार्टी प्यालेस कुशादेवीमा, बनेपा एकाइको बैठक बनेपा १० को वडा कार्यालय भवनमा, पाँचखाल एकाइको बैठक पाँचखाल न.पा. को सभाहलमा, नमोबुद्ध एकाइको बैठक धुनिदेवी नमोबुद्ध सेवा केन्द्रमा र काठमाडौं एकाइको बैठक युनिभर्सल क्याफे धुम्बाराहीमा सम्पन्न गरिएको थियो। 

पनौती एकाइमा संस्थाका अध्यक्ष श्री प्रकाश बन्जाराले, कुशादेवी एकाइमा सञ्चालक सदस्य रामकृष्ण घिमिरेले, बनेपामा सञ्चालक सदस्य मनिका शाक्य, पाँचखालमा सञ्चालक सदस्य ध्रुवप्रसाद सेढाइ, नमोबुद्ध एकाइ सञ्चालक सदस्य मुकुन्द प्रसाद अर्याल र काठमाडौं एकाइ सञ्चालक सदस्य मदन खकुरेलले बैठकको अध्यक्षता गरेका थिए।

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्य तथा अध्यक्ष प्रकाश बन्जाराको सभाध्यक्षतामा सम्पन्न पनौती एकाइ बैठकमा नगर उपप्रमुख गीता बन्जारा, वाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष उद्धव सापकोटा र जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष दिलीप शर्मा विशिष्ट अतिथि थिए।

बैठकमा पनौती–४ का अध्यक्ष दीपक दाहाल, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक विकास वादे, युवा वचत तथा ऋण सहकारी संंस्थाका अध्यक्ष उदयराम कायस्थ, मेनजर्स क्लव काभ्रेपलाञ्चोकका उपाध्यक्ष श्री गोपाल दाहाललगायतको उपस्थिति थियो । 

सभामा संस्थाको आर्थिक वर्ष (आव) २०७८/७९ को प्रगती प्रतिवेदन र आ.व ०७९÷८० को योजना तथा बजेट संस्थाका कोषाध्यक्ष श्री प्रताप ताम्राकार, सचिवको प्रतिवेदन श्री मुकुन्द शर्मा र लेखा सुपरिवेक्षण समिति तथा बाह्य लेखा परिक्षकको प्रतिवेदन लेखा सुपरिवेक्षण समितिको संयोजक श्री हरिप्रसाद तिमल्सिनाले प्रस्तुत गरेका थिए। प्रतिवेदनमा आव २०७८/७९ मा संस्थाको कुल वासलात रु. ३,६७,३५,१३,८०१ र सञ्चालन बचत (मुनाफा) रु. १२,५०,५८,२९८ र संस्थागत पुँजी रु २९,९६,९०,७७४ भएको विवरण प्रस्तुत गरिएको थियो।

sahakari news1664100434.jpg

कुल सदस्य संख्याको ६३.८० प्रतिशत सदस्य सहभागिता रहेको सभामा सामुदायिक साकोस र युवा बचत तथा ऋण सहकारी संस्था बनेपाबीच भएको एकीकरण सम्झौता पारित गर्दै सदस्यहरुलाई सेयर लाभांश कोषबाट १८ प्रतिशतका दरले सेयर लाभांश वितरण गर्ने र संरक्षित पुँजी फिर्ता कोष वितरण गर्ने निर्णय गरेको थियो।

नगर प्रमुख भण्डारीले बिग मर्जरका लागि युवा बचत तथा ऋण सहकारी संस्था र सामुदायिक बचत तथा ऋण सहकारी संस्थालाई बधाई दिँदै एकीकरणसंगै संंस्थाको आकार बढ्दै जाँदा सबै सदस्यको अपेक्षालाई समेटेर अगाडि बढ्न आग्रह गरे। उनले नगर भित्रका सहकारीहरूले सदस्य हितको साझा अवधारणासहितको योजना तयार गरि नगरसँग सहकार्यमा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। 

सामुदायिक साकोसले सहकारी एकीकरणलाई अभियानका रुपमा सञ्चालन गरेको र यसै अभियानअन्तर्गत यस संस्था र युवा बचत तथा ऋण सहकारी संस्था बनेपासँंग एकीकरण घोषणासहित एकीकृत साधारण सभासमेत सम्पन्न गरेको थियो।

एकीकरण सम्झौताअनुरुप सामुदायिक साकोसका अध्यक्ष प्रकाश बन्जाराको अध्यक्षतामा १९ सदस्सीय सञ्चालक समिति र ध्रुवप्रसाद सेढाईंको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समितिको चयन भएको घोषणा वाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष श्री उद्धव सापकोटाले गरेका थिए भने सभाले सर्वसम्मत रूपमा पारित गरेको थियो।

सभामा युवा बचत तथा ऋण सहकारी संघका अध्यक्ष श्री उदयराम कायस्थले एकिकरण अभियानमा सामुदायिक साकोससंग सहकार्य गर्न पाएकोमा गौरवान्वित महसुस भएको उल्लेख गर्दे यस अभियानमा साथ र समर्थनका लागि हार्दिक आभार व्यक्त गरे।

संस्थाका अध्यक्ष बन्जाराले नियामक निकायबाट आएका निर्देशन र त्यसका प्रभावका विषयमा मूल्यांकन गरी छाता संगठनहरुले प्रारम्भिक सहकारीहरुलाई संरक्षकत्वका साथ अभिभावकत्व प्रदान गर्न आग्रह गर्दै सामुदायिक साकोस र युवा साकोसबीचको एकीकरण अभियानको निरन्तरता र एकीकरणको पहिलो प्राथमिकता सदस्यको हित हुनुपर्नेमा सचेत रहेको उल्लेख गर्दै एकीकरण अभियान निरन्तर रहने र यस अभियानमा साथ र सहयोग गर्ने सबैमा हार्दिक आभार व्यक्त गरेका थिए।

सामुदायिक साकोस र युवा साकोस एकीकरणपछि संस्थाको कुल वासलात ४ अर्ब २२ करोड हुने र सदस्य संख्या ५० हजारभन्दा बढी हुने बताए। सभाले सामुदायिक र विन्धवासिनी बचत तथा ऋण सहकारीबीच एकीकरणको प्रस्ताव पारित गरेको छ।

प्रकाशित मिति: १५:४१ बजे, आइतबार, असोज ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्