Kathmandu Press

इरानमा अमिनीको मृत्युको विरोधमा प्रदर्शन सुरु भएयता ७०० भन्दा बढी पक्राउ

गत साता तेहरानमा पक्राउ परेकी २२ वर्षीया महसा अमिनीको हिजाब राम्रोसँग नलगाएको भन्दै ‘रिएजुकेसन सेन्टर’मा लगिएपछि भएको मृत्युपछि हजारौं इरानी नागरिक सडकमा उत्रिएका छन्।
इरानमा अमिनीको मृत्युको विरोधमा प्रदर्शन सुरु भएयता ७०० भन्दा बढी पक्राउ

तेहरान, असाेज ९ :‘नियमविपरीत हिजाब’ लगाएर महिलाको पहिरनसम्बन्धी कडा नियम पालना नगरेको आरोपमा प्रहरी हिरासतमा इरानमा २२ वर्षीया महसा अमिनीको मृत्युपछि भएको विरोध प्रदर्शनका क्रममा ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ। 

गत साता तेहरानमा पक्राउ परेकी २२ वर्षीया महसा अमिनीको हिजाब राम्रोसँग नलगाएको भन्दै ‘रिएजुकेसन सेन्टर’मा लगिएपछि भएको मृत्युपछि हजारौं इरानी नागरिक सडकमा उत्रिएका छन्। 

अल जजिराका अनुसार २२ वर्षीया महसा अमिनी आफ्नो परिवारसँग तेहरान भ्रमणमा रहेका बेला विशेषज्ञ प्रहरी इकाइले उनलाई पक्राउ गरेको थियो। हिरासतमा रहँदा केही समयपछि उनलाई हृदयाघात भएको र तत्काल आकस्मिक सेवाको सहयोगमा अस्पताल लगिएको थियो। उहाँलाई अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो।

Hardik ivf

तस्निम समाचार एजेन्सीका अनुसार इरानी प्रहरीले एक हप्ताअघिदेखि सुरु भएको प्रदर्शनयता ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ। गुइलान प्रान्तका प्रहरी प्रमुख जनरल अजिजोल्लाह मालेकीले ६० महिलासहित ७३९ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको बताए। 

इरानका राष्ट्रपति इब्राहिम रायसीले देशको सुरक्षा र शान्तिमा खलल पुर्‍याउनेहरूसँग ‘निर्णायक रूपमा व्यवहार गर्न’ आह्वान गरेका छन्।

इरानको दोस्रो ठूलो शहर मशादमा प्रदर्शनकारीहरूद्वारा मारिएका एक बासिज मिलिसियाका परिवारसँग फोनमार्फत भएको कुराकानीमा रायसीले ‘विरोध र सार्वजनिक व्यवस्था र सुरक्षामा खलल' बीच भिन्नता देखिनुपर्नेमा जोड दिए। उनले वर्तमान अशान्तिलाई ‘दङ्गा र दुष्टता’ को रूपमा निन्दा गरे। 

शुक्रबारदेखि राजधानी तेहरानसहित देशभरका कम्तीमा ४० शहरमा प्रदर्शन भइरहेका छन् र प्रदर्शनकारीले महिलाविरुद्ध हुने हिंसा र भेदभाव अन्त्यका साथै हिजाब अनिवार्य लगाउनुपर्ने माग गरेका छन्।

सुरक्षा फौजसँगको झडपमा दर्जनौं प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ। यसअघि शनिबार इरानी सुरक्षा बलको कारबाहीमा मृत्यु हुनेको आधिकारिक संख्या १७ बाट बढेर ३५ पुगेको बताइएको थियो। तर, ओस्लोस्थित इरान मानव अधिकारका अनुसार सरकारविरोधी प्रदर्शनमा सुरक्षाकर्मीको कारबाहीमा कम्तीमा ५० जनाको मृत्यु भएको छ। 

‘द टाइम्स अफ इजरायल’का अनुसार अमिनीको मृत्युबारे रिपोर्टिङ गर्ने सुधारवादी अखबार शार्गका निलोफर हामेदीसहित अधिकारकर्मी र पत्रकारलाई सुरक्षा फौजले पक्राउ गरेको छ।

प्रकाशित मिति: १४:४९ बजे, आइतबार, असोज ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्