Kathmandu Press

लागूऔषधसहित ६ जना पक्राउ, एक जना फरार

ब्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खैरो हिरोइन ५० दशमलव ५ ग्राम, नियन्त्रित लागु औषध १२ हजार ७ सय ५८ एम्पुल, एक केजी गाँजासहित उनीहरुलाई पक्राउ गरेकाे हाे।
लागूऔषधसहित ६ जना पक्राउ, एक जना फरार

काठमाडाैं, असाेज ९ : नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। एक जना भने फरार भएकाे बताइएकाे छ।

ब्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खैरो हिरोइन ५० दशमलव ५ ग्राम, नियन्त्रित लागु औषध १२ हजार ७ सय ५८ एम्पुल, एक केजी गाँजासहित उनीहरुलाई पक्राउ गरेकाे हाे।

ब्युरोका अनुसार अमेरिकाबाट आएको पार्सलमा लत्ताकपडाभित्र लुकाई पठाएको एक किलो ३ सय ३० ग्राम गाँजा गोश्वारा हुलाक कार्यालयबाट बरामद भएको हो।

त्यस्तै ललितपुरको इमाडोलबाट ३ दशमलव ५ ग्राम खैरो हिरोईनका साथ सुजन हेल्मुलाई पक्राउ गरिएको र थप अनुसन्धान गर्दा चौमती बस्ने संजिप राईको डेराबाट थप ४७ ग्राम खैरो हिरोईन फेला परेको ब्युरोका प्रवक्ता प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए।

त्यस्तै १२ हजार भन्दा बढि एम्पुलका साथ बा ५ च ७१३८ नंवरको बोलेरो र भाडाको बस सहित तीनजनालाई पक्राउ गरिएको प्रवक्ता खड्काले बताए।

व्युरोले बरामद भएको लागु औषधको अवैध बजार मूल्य अन्दाजी रु ३१ लाख ५ हजार रहेको जनाएको छ। 
 

प्रकाशित मिति: १४:३८ बजे, आइतबार, असोज ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्