Kathmandu Press

स्वरोजगार व्यापार श्रमिक संघद्वारा काठमाडौं महानगरविरूद्ध आन्दोलन गर्ने चेतावनी

आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर संघले एक महिनाभित्र पनि महानगरले माग पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो।
स्वरोजगार व्यापार श्रमिक संघद्वारा काठमाडौं महानगरविरूद्ध आन्दोलन गर्ने चेतावनी

काठमाडाैं, असाेज ९ : नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकाले माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर संघले एक महिनाभित्र पनि महानगरले माग पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो।

Hardik ivf

संघले महानगरले वार्ता र सम्वादमार्फत समस्या समाधान गर्नुपर्ने र चाडवाडलक्षित गरेर निश्चित् स्थान र समय निर्धारण गरी व्यवसाय गर्ने वातावरण तयार गर्नुपर्ने माग अघि सारेको छ।

स्वरोजगार श्रमिकहरुको व्यवस्थापनको लागि कानून तथा नीति निर्माण गरिनुपर्ने, श्रमिकहरुलाई टहराको व्यवस्था गरी व्यवसाय गर्ने वातावरण तत्काल बनाउनुपर्ने संघले माग गरेको छ।

यसैगरी, चाडवाडलक्षित गरेर अल्पकालिन रुपमा बिहान र बेलुकीको निश्चित् समय निर्धारण गरी यथास्थानमा व्यवसाय गर्न प्रबन्ध मिलाउन, जफत गरिएका सामानहरु फिर्ता गर्न पनि संघले महानगरलाई आग्रह गरेको छ।

स्वरोजगार श्रमजीवीहरुलाई राज्यले सम्मान गर्नुपर्नेमा सत्ताको शक्तिको प्रयोग गरेर लछारपछार गर्ने, लगानीनै सिध्याइदिनेगरी सामान नियन्न्त्रणमा लिने कार्यको संघले विरोध जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष माया गुरुङले आफूले नेतृत्व गरेको संगठनमा १८ हजार श्रमिकहरु सदस्य रहेको बताए। कोभिड महामारीमा पनि लामो समय काम पारे।

संघका अनुसार सडकपेटी, गल्ली, बजार, अस्थायी टहरामा श्रम गरेर जीवन चलाउनेहरुको संख्या उपत्यकामा करिब ५० हजार र उनीहरुको आश्रित परिवारसमेत गरी करिब २ लाख रहेका छन्। संघले गत भदौ ३० गते महानगरलाई आफ्नो समस्याबारे ध्यानाकार्षण पत्र बुझाएको जनाएको छ। 

प्रकाशित मिति: १४:०९ बजे, आइतबार, असोज ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्