Kathmandu Press

खाद्यान्नको चाडपर्व लक्षित मूल्यसूची सार्वजनिक

संघले बैठकको निर्णय अनुसार दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर किराना सामानको मूल्यसूची शनिबार सार्वजनिक गरेको हो।
खाद्यान्नको चाडपर्व लक्षित मूल्यसूची सार्वजनिक

चितवन, असाेज ९ : चितवनमा किराना व्यवसायी संघले खाद्यान्नको चाडपर्व लक्षित मूल्यसूची सार्वजनिक गरेको छ।

संघले बैठकको निर्णय अनुसार दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर किराना सामानको मूल्यसूची शनिबार सार्वजनिक गरेको हो।

चाडपर्वलाई लक्षित गरेर विशेष छुट दिएर किराना सामानको मूल्यसूची निर्धारण गरिएको किराना व्यवसायी संघ–चितवनका अध्यक्ष हरिराज पौडेलले जानकारी दिए।

अधिकतम खुद्रा मूल्य अङ्कित सामान सोही मूल्यमा बिक्री गर्न सङ्घले किराना व्यवसायीलाई आग्रह गरेको छ। 

प्रकाशित मिति: १३:२१ बजे, आइतबार, असोज ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्