Kathmandu Press

फिलिपिन्समा आँधीको चेतावनी, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थलमा जान आग्रह

मौसम विभागका अनुसार नोरु आँधी आउँदा प्रतिघण्टा २०५ किलोमिटरसम्म हावा चल्न सक्छ। 
फिलिपिन्समा आँधीको चेतावनी, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थलमा जान आग्रह

मनिला, असाेज ९ : फिलिपिन्सको मुख्य टापु लुजोनमा आइतबार आएको शक्तिशाली आँधी (सुपर टाइफुन) का कारण तटीय सहरहरू खाली गर्न सूचना गरिएको अधिकारीहरूले बताएका छन्।

नोरु नाम दिइएको आँधी प्रतिघण्टा १९५ किलोमिटर (१२१ माइल) को अधिकतम निरन्तर हावाको गतिसहित जमिनमा अवतरण हुँदा हिंस्रक नतिजा निम्त्याउनसक्ने राज्यको मौसम पूर्वानुमान विज्ञशरूले जनाएका छन्। 

फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधी राजधानी मनिलाबाट करिब ८० किलोमिटर उत्तरपूर्वमा स्थानीय समयअनुसार अपराह्न वा साँझमा आइपुग्ने भएको र अवतरणपछि आँधीे अझै सशक्त हुँदै जाने अनुमान गरिएको छ।

Hardik ivf

फिलिपिन्सका राष्ट्रिय प्रहरी प्रमुख जनरल रोडोल्फो अजुरिनले भने, 'हामी खतरा क्षेत्रमा रहेका बासिन्दालाई आवश्यक परेको बेला सुरक्षित स्थानमा स्थानान्तरणका लागि गरिएको आह्वानको पालना गर्न आग्रह गर्दछौं।'

फिलिपिन्स नियमित रूपमा आँधीबेहरीको चपेटामा पर्दै आएको छ र वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण संसार तात्दै जाँदा तिनीहरू अझ शक्तिशाली हुँदै गएको चेतावनी दिएका छन्।

मौसम पूर्वानुमानकर्ता रोब गिलेले नोरुको तीव्र गति जमिननजिक पुगेको र यो ‘अहिलेसम्मका केही अत्यधिक हिंस्रक’ आँधीमध्येको एक हुनसक्ने बताउनुएको छ। आँधीको रफ्तार पछिल्लो २४ घण्टामा ९० किलोमिटर प्रतिघण्टाको दरले वृद्धि भएको एजेन्सीले जनाएको छ। 

फिलिपिन्समा आँधीका कारण ४०० भन्दा बढीको मृत्यु हुनुका साथै लाखौं घरबारविहीन भएको नौ महिनापछि फेरि अर्को आँधी (नोरु) आएको हो। प्रान्तीय प्रकोप कार्यालयका मेल एभेनिलाका अनुसार क्वेजोन प्रान्तका धेरै पालिकाका बासिन्दालाई घरबाट सुरक्षित स्थलमा सारिएको छ।

छिमेकी प्रान्त अरोरामा डिङलन नगरपालिकाका बासिन्दाहरू पहाडी क्षेत्रमा शरण लिन बाध्य भएका छन्। 

'तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ। हामी तटबाट टाढा बस्छौं त्यसैले हामी अहिलेसम्म बसिरहेका छौं। हामी पहाडमा हुने वर्षा र पहिरोको बारेमा बढी चिन्तित छौं,' डिंगलनमा रेस्टुरेन्ट व्यवस्थापकसमेत रहेका  ५४ वर्षीया स्थानीय रिया टानले भनिन्। 

टानका अनुसार स्थानीयबासिन्दाले आफ्नो घरको छाना सुरक्षित गरिरहेका छन् र मौसम अझै शान्त रहेको अवस्थामा डुङ्गालाई अग्लो जमिनमा लगिएको छ।

'मौसम निकै शान्त भयो भने हामी अझ बढी चिन्तित हुन्छौं, किनभने यो जमिनमा आउनुअघि नै शक्तिशाली आँधीबेहरीको सामान्य सूचक हो,' टानले भनिन्। 

मौसम विभागका अनुसार नोरु आँधी आउँदा प्रतिघण्टा २०५ किलोमिटरसम्म हावा चल्न सक्छ। 

सोमबार दक्षिण चीन सागरमा प्रवेश गर्नुअघि मध्य लुजोन हुँदै भियतनामतर्फ अघि बढ्ने क्रममा यो कमजोर भएर आँधीबेहरीमा परिणत हुने अनुमान गरिएको छ। आँधीका कारण ठूलो वर्षा हुने भएकाले खतरनाक आँधीबेहरी, व्यापक बाढी र पहिरोको खतरा रहेको मौसम विभागले चेतावनी दिएको छ।

यसले अत्यधिक कृषिप्रधान क्षेत्रका खेतबारीमा क्षति पुर्‍याउनुका साथै गाउँहरू डुबानमा पर्न सक्छ। केही क्षेत्रमा सोमबारका लागि कक्षा रद्द गरिएको छ। 

जलवायु परिवर्तनको प्रभावका कारण सबैभन्दा जोखिममा रहेको फिलिपिन्समा हरेक वर्ष औसत २० वटा आँधीबेहरी आउने गरेको छ।

प्रकाशित मिति: १२:५९ बजे, आइतबार, असोज ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्