Kathmandu Press

भेनेजुएलामा बाढीका कारण धार्मिक समारोहमा जमघट सात जनाको मृत्यु

प्रोटेस्टेन्ट धार्मिक समूह मेथोडिस्ट चर्चका करिब ४० जना सदस्य शुक्रबार ताचिरा राज्यमा भेला भएका बेला भारी वर्षाका कारण अचानक बाढी आएको गभर्नर फ्रेडी बर्नालले ट्विटरमा जानकारी दिएका छन्। 
भेनेजुएलामा बाढीका कारण धार्मिक समारोहमा जमघट सात जनाको मृत्यु

काठमाडाैं, असाेज ९ : भेनेजुएलाको पश्चिमी भागमा भारी वर्षाका कारण एक धार्मिक जमघटमा सहभागी एक समूहलाई बगाउँदा कम्तीमा सात जनाको मृत्यु भएको भेनेजुएलाका गभर्नरले शनिबार बताएका छन्।

प्रोटेस्टेन्ट धार्मिक समूह मेथोडिस्ट चर्चका करिब ४० जना सदस्य शुक्रबार ताचिरा राज्यमा भेला भएका बेला भारी वर्षाका कारण अचानक बाढी आएको गभर्नर फ्रेडी बर्नालले ट्विटरमा जानकारी दिएका छन्। 

Hardik ivf

वर्षा कम भएपछि नदीमा नुहाउने क्रममा केही उपासकहरूलाई एक्कासि पानीको सतह बढेर आउँदा बगाएको बर्नालले बताए।

उनले भने, ’अहिलेसम्म सात वटा शव निकालिएको छ, जसमध्ये चार जनाको पहिचान हुन सकेको छैन, हामीले पहिचान हुन नसकेका शवका अफन्तको खोजी जारी राखेका छौं।'

कोलम्बियाको सिमानामा पर्ने पर्यटकहरूको लागि लोकप्रिय एन्डिजको एक क्षेत्रमा बाढी आएको हो। यस वर्ष भेनेजुएलामा औसतभन्दा बढी वर्षा भएको छ, जसका कारण धेरै क्षेत्रमा क्षति पुगेको अधिकारीहरूले बताएका छन्।

सरकारका प्रवक्ताले भारी वर्षालाई ‘ला नीना’ मौसमी घटनासँग जोडेका छन्, जुन प्रशान्त महासागरको भूमध्यरेखीय सतहको पानीमा तापक्रमको विसंगतिको कारण हुने गर्छ।

प्रकाशित मिति: १२:४२ बजे, आइतबार, असोज ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्