Kathmandu Press

सामुदायिक सहकारीको साधारणसभा सम्पन्न

काभ्रेको पतौती ४ टौलाखको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमेटडको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सामुदायिक सहकारीको साधारणसभा सम्पन्न

काठमाडौं, असोज ९: काभ्रेको पतौती ४ टौलाखको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमेटडको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

सामुदायिक सहकारीका सात वटा एकाईमा औपचारिक कार्यक्रमसहित साधारण सभा सम्पन्न भएको छ।
साधारण सभामा संस्थाको आ.व २०७८/७९ को प्रगती प्रतिवेदन र आव २०७९/८० को योजना तथा बजेट संस्थाका कोषाध्यक्ष प्रताप ताम्राकार, सचिवको प्रतिवेदन मुकुन्द शर्मा र लेखा सुपरिवेक्षण समिति तथा बाह्य लेखा परिक्षकको प्रतिवेदन लेखा सुपरिवेक्षण समितिको संयोजक हरिप्रसाद तिमल्सिना प्रस्तुत गरेका छन्।

जसअनुसार, २०७८/७९ मा संस्थाको कुल वासलात तीन अर्ब ६७ करोड ३५ लाख १३ हजार आठ सय एक र संचालन बचत (मुनाफा) १२ करोड ५० लाख ५८ हजार दुई सय ९८ रहेको थियो। त्यस्तै, संस्थागत पूँजी २९ करोड ९६ लाख ९० हजार सात सय ७४ रहेको विवरण पेश गरिएको छ।

 

प्रकाशित मिति: ०७:२० बजे, आइतबार, असोज ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्