Kathmandu Press

‘जनताको पक्षमा काम गर्छौँ’

‘जनताको पक्षमा काम गर्छौँ’

काठमाडाैं, असाेज ८ : नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेलले देशको विकास र समृद्धि चाहने सबै देशभक्त, प्रगतिशीललाई एमालेको झण्डामुनि गोलबन्द हुन आह्वान गरेका छन। एमालेको नीति, नेतृत्व र गन्तव्यका हिसाबले स्पष्ट रहेको बताउँदै उनले आफूहरूले देशको विकास र जनताको हितमा काम गर्न चाहेको बताए।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित कार्यक्रममा उनले एमालेले मात्र नागरिकता विषयमा राष्ट्रिय सहमतिको आधार तयार गरेर सामाधान गर्न सक्ने पार्टी भएको दाबी गरे। उनले प्रगतिशील शक्ति एक ठाउँमा आएर बलियो शक्ति निर्माण आवश्यक रहेको भनाइ राखे।

 

प्रकाशित मिति: २०:५१ बजे, शनिबार, असोज ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्