Kathmandu Press

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफद्वारा भारतसँग शान्तिको आह्वान

भारत कश्मीरका सम्बन्धमा पुरानो केन्द्र शासित क्षेत्र भारतको अभिन्न अंग हो भन्ने आफ्नो लामो समयदेखि अडानमा अडिग रहेको छ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफद्वारा भारतसँग शान्तिको आह्वान

न्युयोर्क, असाेज ८ : पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले संयुक्त राष्ट्रसंघ महासभामा कश्मीर मुद्दा उठाउँदै भारतसँग आफ्नो देशले शान्ति स्थापनाको र शान्तिपूर्ण व्यवाहारको अपेक्षा गरेका छन्।

'हामी भारतलगायत हाम्रा सबै छिमेकीहरूसँग शान्ति खोज्छौं, दक्षिण एसियामा दिगो शान्ति र स्थिरता चाहेका छौँ तथापि यो  कार्य भने जम्मू र कश्मीर विवादको न्यायपूर्ण र दिगो समाधानमा निर्भर रहन्छ,' उनले भने।

Hardik ivf

भारत कश्मीरका सम्बन्धमा पुरानो केन्द्र शासित क्षेत्र भारतको अभिन्न अंग हो भन्ने आफ्नो लामो समयदेखि अडानमा अडिग रहेको छ।

'भारतले रचनात्मक संलग्नताको लागि सक्षम वातावरण सिर्जना गर्न विश्वसनीय कदमहरू चाल्नै पर्छ। हामी छिमेकी हौं र हामी सधैंभरि त्यहाँ छौं, हामी शान्तिमा बस्ने कि एकअर्कासँग लडिरहने भन्ने छनोट हाम्रो हो,' पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले महासभामा भनेका छन्।

‘सन् १९४७ यता हामीले तीनवटा युद्ध गरिसकेका छौँ र त्यसको फलस्वरूप दुवै पक्षमा दुःख, गरिबी र बेरोजगारी मात्र बढेको छ। अब हाम्रा मतभेद, समस्या र तिनको शान्तिपूर्ण वार्ता र छलफलबाट समाधान गर्ने जिम्मा  पनि हाम्रै हो।
संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७७औँ महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री शेहबाज शरीफले देशमा भरखरै आएको विनाशकारी बाढी र त्यसले पारेको असरका बारेमा पनि सम्बोधन गरेका छन्। ूयो बाढीमा ४०० भन्दा बढी बालबालिका सहित १५०० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ।   बाढीका कारण थुप्रै कुपोषणको जोखिममा छन्। 

पाकिस्तानमा बाढीका कारण एक करोड ८० लाख अमेरिकी डलर बराबरको नोक्सानी भएको छ भने प्रकोपबाट झण्डै ८० लाख मानिस विस्थापित भएका छन्।

प्रकाशित मिति: १४:५३ बजे, शनिबार, असोज ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्