Kathmandu Press

भारी वर्षाका कारण नाइजरमा १७९ जनाको मृत्यु

सन् २०२१ मा गर्मीको वर्षाले नाइजरमा ७७ जनाको मृत्यु  भएको थियो भने २ लाख ५० हजार ३३१ जना प्रत्यक्ष प्रभावित भएका थिए।
भारी वर्षाका कारण नाइजरमा १७९ जनाको मृत्यु

नियामे, असाेज ८ : नाइजरमा जुन महिनादेखि परेको अविरल वर्षाका कारण हालसम्म कुल १७९ जनाको मृत्यु भएको यहाँको नागरिक सुरक्षा महानिर्देशनालयले शुक्रबार जनाएको छ।

माटोले बनाइएका घरहरू वर्षाका कारण भत्किँदा धेरै नागरिकको मृत्यु भएको हो।

यसै बीच मानवीय कार्य तथा विपद् व्यवस्थापन मन्त्रालयले गत साता जिन्डरस्थित अंगौल जुलुका जनतालाई १८५ बोरा चामल, १८५ बोरा कोदो र १६६ बोरा सिमी लगायतका खाद्यान्न सहयोग उपलब्ध गराएको  जनाएको छ।

सन् २०२१ मा गर्मीको वर्षाले नाइजरमा ७७ जनाको मृत्यु  भएको थियो भने २ लाख ५० हजार ३३१ जना प्रत्यक्ष प्रभावित भएका थिए।

प्रकाशित मिति: १२:२४ बजे, शनिबार, असोज ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्